२ क्विण्टल गाँजासहित दुई जना मानिस पक्राउ

२ क्विण्टल गाँजासहित दुई जना मानिस पक्राउ

जेठ २, काठमाडौं । 
सर्लाहीको लालबन्दीबाट २ सय १० किलो गाँजासहित २ जना मानिस पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिकाको दुई अलग स्थानबाट प्रहरीले गाँजा बरामद गरेको हो । 

लालबन्दी नगरपालिका ९ मा बेवारीसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जीपबाट १ सय ५० किलो बरामद भएको लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।