लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह

लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह

जेठ ४, बुटवल । 
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।

बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले  लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराइन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसहरुलाई जोड्न नसकिएको  बताइन् । ‘लुम्बिनीलाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्न पर्यटकीय परिपथ बनाउन पनि सकिन्छ । गौतमबुद्ध विमानस्थल निर्माणको काम छिटो सक्नुपर्छ ।’ उनले भनिन्,  ‘यस्ता कार्यले देशको अर्थतन्त्रमा पनि टेवा पुर्याउन सक्छ । भौतिक संरचना निर्माण गर्दै स्थानीय श्रमको कदर गरिनुपर्छ, लुम्बिनीको विकास गरिनुपर्छ ।’
 
राष्ट्रपति भण्डारील लुम्बिनी भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खुल्ने बताउदै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा खुसी व्यक्त गरिन् ।