पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

जेठ ४, बुटवल । 
रुपन्देहीको सैनामैना नगरपालिकाको दुई फरक स्थानमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको  मृत्यु भएको छ । 

सैनामैना नगरपालिकाको वडा नं ३ स्थित गंगानगर कालिरह खोलामा पौडी खेल्ने क्रममा सैनामैना ८ बासँगढी निवासी ३२ वर्षीय डोल बहादुर खप्तरी मगरको ज्यान गएको हो । 

गंगानगर भैरवस्थान मन्दिर माथि कालिरह भन्ने खोलामा साथीहरु सँग पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो करिब ३ बजेतिर ज्यान गएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

यस्तै, शनिबार नै सैनामैना ९ शंकरपुरस्थित स्थानिय ईंगुरिया खोलामा पौडी खेल्ने क्रममा १८ वर्षीय आशिष न्यौपानेको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।