त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु, २५ घाइते

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु, २५ घाइते
तस्विर सौजन्य : RSS

जेठ ५, काठमाडौं । 
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस आइतबार बिहान धादिङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट  त्रिशूली नदीमा खस्दा २५ जना घाइते भएका छन् । 

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।