ट्राफिकले नयाँ ल्याउदै : अब मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

ट्राफिकले नयाँ ल्याउदै : अब मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

जेठ ५, काठमाडौं । 
अब दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरणका  लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि यसतो व्यवस्था गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।

यदि ऐन संशोधन भएमा देशभरी नै मोटरसाइकलमा पछाडि बस्नेले गुणस्तर चिह्नयुक्त हेलमेट अनिवार्य रुपमा लगाउनु पर्नेछ ।