पाँचथरमा २ परिवारका ९ जनाको सामुहिक हत्या

पाँचथरमा २ परिवारका ९ जनाको सामुहिक हत्या

जेठ ७, काठमाडौं । 
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा सोमबार राती दुई परिवारका ९ जनाको हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका ३ आरुबोटे भन्ने स्थानमा ९ जनाको धारिलो वस्तु प्रहार गरी विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक अनिल पौडेलले जानकारी दिएका छन् ।

घटनामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते भएकी छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।