एक हप्ताभित्र दोस्रोपटक सगरमाथा शिखरमा पुगे कामिरिता

एक हप्ताभित्र दोस्रोपटक सगरमाथा शिखरमा पुगे कामिरिता

जेठ ७, काठमाडौं । 
कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् ।

अघिल्लो साता आफैले राखेको २३ औं पटकको कीर्तिमान तोडेका शेर्पा एक हप्ताभित्र दोस्रोपटक सगरमाथा शिखरमा पुगेका हुन्।

कामीरितालो आज बिहान ६:३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेकाे सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए ।