ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

जेठ १०, काठमाडौं । 
 ठगी मुद्दामा फरार रहेका उदयपुर हडीया-१ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं जिल्ला अदालतको २०६९ कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार २ सय ६५ रुपैयाँ जरिवान र १ वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले ईटहरी, सुनसरीबाट पक्राउ गरेको हो । 

२०६६ सालदेखी काठमाडौं बनस्थलीस्थित आधुनिक बहुउदेश्यीय सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत रहेका चौधरीले आर्थिक बर्ष २०६७/६८ मा पटक पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको छु भनी संस्थाको स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाई रकम ठगी गरेका थिए ।

पक्राउ चौधरीलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि शुक्रबार कारागार कार्यालय झुम्का पठाइएको छ ।