प्रहरी हु भनेर ठगी गर्ने पक्राउ

प्रहरी हु भनेर ठगी गर्ने पक्राउ

जेठ १२, काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई ‘प्रहरी हुँ’ भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै आफु प्रहरी हु भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले दिएको जानकारी अनुसार ३० वर्षीय खनाल भगौडा प्रहरी हुन। उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले ठगी गरि बैंकमा राखेको एक लाख रकम प्रहरीले बरामद गरेको छ ।