सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

जेठ १३, काठमाडौ ।
राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । 

बैठकमा गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप चुस्त र मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरेका हुन् । छलफलमा आइतबार दिनभर भएको घटनाबारे जानकारी लिएर घटनाप्रति दुख व्यक्त गर्दै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताए । 

बैठकमा गृह सचिव प्रमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए ।