राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो
तस्विर सौजन्य : facebook(mukunda kalikote)

जेठ १३, काठमाडौ ।
राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भइरहेको छ भने  गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । 

बैठकमा गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप चुस्त र मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो भने अर्का एक जनाको अनामनगर घट्टेकुलोमा मृत्यु भएको हो ।

ललितपुरका लगनखेल र ग्वार्कोमा बम फेला परेको भेटिएको बम सैन्य टोलीले डिस्पोज गरेका छ । त्यस्तै, नागढुंगामा पनि बम विस्फोट भएको छ जसमा दुई जना घाइते भएका छन् । बेलुका पख काठमाडौंको कोटेश्वरबाट पनि प्रहरीले ७ जना विप्लव नेकपाका कार्यकर्तालाई ४ वटा कुकर सहित नियन्त्रणमा लिएको छ ।

आकस्मिक रुपमा बसेको बैठकमा गृहमन्त्री बादलले आइतबार दिनभर भएको घटनाबारे जानकारी लिएर घटनाप्रति दुख व्यक्त गर्दै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताएका छन् ।