विप्लव बन्दको प्रभाव : राजमार्ग खाली उपत्यकामा आंशिक प्रभाव

विप्लव बन्दको प्रभाव : राजमार्ग खाली उपत्यकामा आंशिक प्रभाव
तस्विर सौजन्य : द हिमालयन टाइम्स

जेठ १३, काठमाडौ ।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण आज उपत्यकामा आंशिक असर परेको छ भने उपत्यका बाहिरका राजमार्ग खाली देखिएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झैं सार्वजनिक गाडी चलेका छैनन् । निजी गाडी भने सार्वजनिक यातायातका तुलनामा बढि गुडेका छन् । त्यस्तै, उपत्यका बाहिर भने सार्वजनिक यातायात ठप्पजस्तै छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहानै बाट उपत्यका बाहिर जाने लामो रुटका बसहरु छुटेका छैनन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन्।

रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।