७ महिनाको छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

७ महिनाको छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

जेठ १४, सल्यान  ।
सल्यानमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सल्यान, छत्रेश्वरी गाउँपालिका-६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनले आफ्नै छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई पक्राउ गरेको हो । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।