प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालन

प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालन
तस्विर सौजन्य : Khabarhub

जेठ १५, काठमाडौं ।
विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफल गर्नका लागी प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा आएको छ । 

राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्न मिल्ने गरि भिडियो कन्फरेन्स रुमको शुरुवात गरिएको हो । सबै मुख्यमन्त्रीहरुसँग एकै पटक भिडियोबाट छलफल  गर्न मिल्ने व्यवस्थासहितको एक्सन रुम बुधवारबाट शुरुवात भएको हो ।

प्रधानमन्त्री कार्यालयमा रहने उक्त कक्षबाट एकैपटक छलफल, राष्टिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन लगायतका कामलाई सार्थकता दिन सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् भने सातवटै मुख्यमन्त्रीसँग एकैपटक प्रत्यक्ष छलफल गर्ने छन् ।