४ वर्षपछि खुल्यो तातोपानी नाका

४ वर्षपछि खुल्यो तातोपानी नाका
तस्विर सौजन्य : aarthiknews

जेठ १५, सिन्धुपाल्चोक ।
२०७२ सालमा गएको भूकम्प पछि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

 भूकम्पका पछि बाटो भत्किएको कारण ४९ महिनादेखी बन्द रहेका उक्त नाका बाटो बनेपछि र सुख्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका पुनः सञ्चालनमा आएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयक्त रुपमा रिबन काटेर नाकाको औपचारिक उद्घाटन गरेपछि ४ वटा  कन्टनेरले सामान बोकेर  नेपाल प्रवेश गरेका छन् ।

नाकाभन्दा ६ किलोमिटर वर ९लार्चा०मा सुख्खा बन्दरगाह निर्माण भएपछि तातोपानी नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।लार्चास्थित बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण भएको हो । नवनिर्मित बन्दरगाहमा १ सय ५८ ओटा कन्टेनगर अटाउने जनाइएको छ ।