त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण
तस्विर सौजन्य : setopati

जेठ १८, काठमाडौं । 
त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ।

शुक्रबार डा। रमेश सिंह भण्डारीको टोलीले ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा सफल प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शुक्रबार बिहान ८ बजे सुरू गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको थियो। 

यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा  झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।

यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताएका छन्।  भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।