राईस मिलमा आगलागी हुदा २ करोड बढीको क्षति

राईस मिलमा आगलागी हुदा २ करोड बढीको क्षति

जेठ १८, काठमाडौं । 
भद्रपुरको धान मिलमा आगलागी हुदाँ करिब दुइ करोड बढीको क्षति भएको छ । 

भद्रपुर ६ स्थित एग्रो राइस मिलमा शनिवार बिहान आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुँदा मेसिनरी सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले बताए ।

आगलागी विद्युत् चुहावट भई लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्नमा आएको उहाँले बताउनुभयो । मिलमा लागेको आगलागी भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले एक घण्टामै नियन्त्रणमा लिएको थियो ।

राईस मिलमा बिहान साढे ९ बजे एक्कासि आगलागी भएपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।