भूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष अर्जुन क्षेत्री प्रहरीको फन्दामा

भूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष अर्जुन क्षेत्री प्रहरीको फन्दामा
तस्विर सौजन्य : रिपब्लिका

जेठ २१, काठमाडौं । 
भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’अर्जुन क्षेत्री प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना फैलाएको अभियोगमा आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता वोगटीले जानकारी दिए ।