ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जेठ २४, काठमाडौं । 
सर्वोच्च अदालतले भ्रष्टाचार विरोधी अभियानका अभियान्ता भन्दै आएका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । 

शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको संयुक्त इजलासले गैर कानुनी रूपमा थुनामा राख्न नमिल्ने भन्दै छाड्न आदेश दिएको हो। 

गत १८ वैशाखमा आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारप्रति लक्षित गरी गालीगलौज गरेको भिडियो आफैले सार्वजनिक गरेपछि  उनी सुर्खेतको खुल्लामञ्चबाट पक्राउ परेका थिए ।

शाहीको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले सोही दिन प्रहरीमा जाहेरी दिएका थिए । यस्तै, जिल्ला अदालत सुर्खेतले पनि १९ वैशाखमा उनलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । 

प्रहरीले शाहीसँगै प्रेम विक, दीपक शाही, हिक्मत खत्रीलगायतलाई पनि पक्राउ गरेको थियो ।