सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने

सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने
तस्विर सौजन्य : nepalpatra

जेठ ३०, काठमाडौं । 
सरकारले असार १ गतेदेखि बढाउने भनिएको सार्वजनिक यातायातको भाडा तत्काल लागू नहुने भएको छ।

यो निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै यातायात व्यवस्था विभागले भाडा बढाएको पाँच घन्टा नबित्दै निर्णय फिर्ता लिएको हो ।

विभागले असार १ गतेदेखि लागू गर्ने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने भएको हो।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो अधिकतम् १२ प्रतिशतसम्म भाडा बढाएको थियो। यस्तै, ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ निश्चित गरिएको थियो।