‘पशु बली बन्द गरौं’ भन्दै काठमाडौंमा बिशाल र्‍याली

‘पशु बली बन्द गरौं’ भन्दै  काठमाडौंमा  बिशाल र्‍याली

जेठ ३१, काठमाडौं । 
पशुबली जरैबाट निर्मुल गर्न भन्दै काठमाडौंमा शुक्रबार पशुबलीविरुद्ध  बिशाल र्‍याली निकालिएको छ । 

पशु कल्याण संघ नेपालले शान्तिवाटिकाबाट सुरु गरेको र्‍याली असन, चाक्सीबारी हुँदै सोह्रखुट्टे हुदै ठमेलको सञ्चयकोष भवननजिक आई समापन भएको थियो ।

खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरहरु तथा विभिन्न मेलामा पशु चौपायाको बलि दिने प्रथा रोक्नुपर्ने उनिहरुको माग राखेका छन् । 

र्‍यालीका सहभागीले कुखुरा, राँगो, खसी, बंगुर आदि जनावरको आकृति भएको मुकुण्डो लगाएर प्रदर्शन गरेका थिए ।