पाल्पामा जङ्गली च्याउ खाएर ६ जनाको मृत्यु

पाल्पामा जङ्गली च्याउ खाएर  ६ जनाको मृत्यु

जेठ ३१, पाल्पा । 
पाल्पाको निस्दी गाउँपालिका-३ सार्कीडाँडामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ ।

मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठुकरी, ४ वर्षीय विष्णुसिं ठकुुरी, ७ वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुता ठकुरी र ४५ वर्षीय पुरन खाम्चा रहेका छन् ।

नजिकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए ।