भूकम्प आउँछ भनेर अफवाह फैलाउने अर्जुन क्षेत्री रिहा

भूकम्प आउँछ भनेर अफवाह फैलाउने अर्जुन क्षेत्री रिहा

जेष्ठ ३२, काठमाडौं । 
देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । 

जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो ।

क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।