विद्यार्थी संगठनले जलाए लोकसेवा अध्यक्षको पुत्ला

विद्यार्थी संगठनले जलाए लोकसेवा अध्यक्षको पुत्ला

जेष्ठ ३२, सप्तरी । 
स्थानीय तहमा कर्मचारी माग गर्दै खोलेको विज्ञापनलाई लिएर सप्तरीमा लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाइएको छ ।

विद्यार्थी संगठनहरुले शनिबार राजविराजस्थित स्थानीय जनआन्दोलन चोकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला जलाएका हुन् । यसमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी समेत सहभागी थियो ।

लोकसेवा आयोगले हालै निकालेको विज्ञापन संविधानविपरित असमावेशी रहेको भन्दै उनीहरुले विज्ञापन रद्द गर्नुपर्ने माग गरेका छन् । साथै आयोग अध्यक्ष मैनालीको राजीनामा माग गरेका छन् ।