लामिडाँडा बिमानस्थलमा जहाजको सफल परीक्षण उडान

लामिडाँडा बिमानस्थलमा जहाजको सफल परीक्षण उडान

असार ३, खोटाङ  । 
खोटाङको लामिडाँडा बिमानस्थल को स्तरोन्नती गरिए सँगै जहाजको सफल परीक्षण उडान भएको छ ।

साढे दुई वर्षअगाडि शुरु भएको स्तरोन्नती योजनाअनुसार धावनमार्ग तथा एप्रोन एरिया पीच गरेर जहाजको सफल परीक्षण उडान गरिएको हो ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ । 

समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामिडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ । काठमाडौंबाट लुक्ला उडेका जहाज प्राविधिक कारणले लुक्ला पुग्न सकेन भने लामीडाँडा ट्रान्जिट बस्छन् ।