धर्तिमाता प्रहरीको फन्दामा

धर्तिमाता प्रहरीको फन्दामा

असार १३, काठमाडौं ।
आफूलाई धर्तिमाता भन्दै युवतीलाई कुटपिट गरेको अभियोगमा गुल्मी घर भई बुटवल बस्ने ३२ वर्षीया विष्णु कुँवरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

गत असार ५ गते भद्रकाली मन्दिर परिसरमा आफूलाई धर्तीमाता भन्दै एक युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक संञ्‍जालामा पोष्ट भएपश्चात महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बालाजु बाइपासबाट उनलाई पक्राउ गरेको हो । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।