सशस्त्रका चार पूर्व महानिरीक्षकलाई भ्रष्टाचार मुद्दामा सफाइ

सशस्त्रका चार पूर्व महानिरीक्षकलाई भ्रष्टाचार मुद्दामा सफाइ

असार १६, काठमाडौं । 
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएका सशस्त्र प्रहरी बलका ४ जना पूर्व महानिरीक्षक (आईजी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य ९न्यायाधीश०हरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको सोमबारको इजलाशले भ्रष्टाचार मुद्दामा ४ जना पूर्व आइजीलाई सफाइ दिएको हो ।

सफाइ पाएका पूर्व आइजिपीहरुमा कोष राज वन्त, सनक कुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली रहेका छन् । उनीहरूमध्ये अदालतले वन्तसँग ६ करोड ७९ लाख ४१ हजार, बस्नेतसँग ९ करोड, श्रेष्ठसँग ८० लाख र ओलीसँग १ करोड बिगोसहित धरौटी माग गरेको छ । 

उनीहरूले प्रहरीका लागि आवश्यक सामान खरिद गर्दा झुठो बिल भरपाई गरी भ्रष्टाचार गरेका भन्दै उनीहरूविरूद्ध विस २०७२ सालमा अदालतमा रिट परेको थियो ।