राष्ट्रिय स्वास्थ्य नीति : अब प्रत्येक वडामा एम्बुलेन्स पुर्‍याइने

राष्ट्रिय स्वास्थ्य नीति : अब प्रत्येक वडामा एम्बुलेन्स पुर्‍याइने

असार १६, काठमाडौं । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति – २०७६’ सार्वजनिक गरेको छ । मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री उपेन्द्र यादवले उक्त नीति सार्वजनिक गरेका हुन् ।

जुन नीतिमा ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति समेटिएको छ । स्वास्थ्य नीतिअनुसार अब प्रत्येक वडामा एम्बुलेन्स पुर्‍याइने छ भने प्रत्येक स्वास्थ्यचौकी तथा अस्पताललाई डिजिटल बनाइने छ । 

स्वास्थ्य क्षेत्रमा आएका बजेटलाई व्यवस्थित रुपमा खर्च गर्नका लागि स्वास्थ्य नीतिको ल्याएको मन्त्री यादवले जानकारी दिए ।