बाढी पहिरो प्रभावितको उद्धारका लागि २७ हजार प्रहरी परिचालन

बाढी पहिरो प्रभावितको उद्धारका लागि २७ हजार  प्रहरी परिचालन
तस्विर सौजन्य : द हिमालयन टाइम्स

असार २८, काठमाडाैं । 

अविरल वर्षाको कारण आएको बाढी पहिरोका कारण हालसम्म ४० जना भन्दा बढिकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा फसेका १३३ जनाको सकुशल उद्धार गरिएको छ भने प्रभावित स्थानहरुमा २७ हजार ८ सय ३० जना प्रहरी परिचालन गरिएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन् ।