बाढी पीडितको सहयोगार्थ लागि कांग्रेस सांसदले पाँच दिनको तलब दिने

बाढी पीडितको सहयोगार्थ लागि कांग्रेस सांसदले पाँच दिनको तलब दिने

असार ३०, काठमाडौं । 
नेपाली कांग्रेसले बाढी, पहिरो प्रभावितको सहयोगका लागि आफ्ना संघीय सांसदको ५ दिनको तलव सहयोग गर्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले संसदीय दलले सबै सांसदको पाँच दिनको तलव बराबरको रकम सहयोग गर्ने निर्णय गरेको बताए । 

त्यसैगरी सोमबार डाकिएको संसद बैठक साउन ८ गतेसम्म स्थगित गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । देशमा हाल आइपरेको विपद्को सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद भएको कांग्रेसले जनाएको छ । सरकारको यस्तो असंवेदनशिल र अनुत्तरदायी कार्यप्रति कांग्रेसले खेद प्रकट गरेको छ ।