बाढी, पहिरोका कारण अवरुद्ध भएको विद्युत भोलीसम्म सूचारु हुने

बाढी, पहिरोका कारण अवरुद्ध भएको विद्युत भोलीसम्म सूचारु हुने
तस्विर सौजन्य : रिपब्लिका

असार ३१, काठमाडौ । 
सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा  श्रावण १ गते (भोली) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुने गरी काम भइरहेको बताए । 

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको बताए । नदी नियन्त्रण आपत्तकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनले जानकारी दिए ।