विज्ञापन खारेज गर्न माग गर्दै लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन

विज्ञापन खारेज गर्न माग गर्दै लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन

साउन २, काठमाडौं । 
लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।

आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका हुन्।

आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन्।

यसअघि माइतीघर मण्डलमा प्रदर्शन गरेको महासंघले परीक्षा हुनु एक दिनअघि केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेको हो।

आयोगले शुक्रबारदेखि लिखित परीक्षा लिँदैछ।