त्रिवि सेवा आयोगको अनियमिततामा मुछिएका पाण्डेले गरे आत्महत्या

त्रिवि सेवा आयोगको अनियमिततामा मुछिएका पाण्डेले गरे आत्महत्या

साउन ३, काठमाडौं । 
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका  उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । 

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका प्रहरीले परीसरले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेका थिए । उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । सेवा आयोगको विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए ।

लमजुङ घर भएका पाण्डे पछिल्लो समय कीर्तिपुर बस्दै आएका थिए । उनी प्रेसर र डिप्रेसनको समेत रोगी भएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

शुक्रबार पाण्डेको शवलाई पोस्टमार्टम गरिएको छ ।