बाजुरामा भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु

बाजुरामा भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु
तस्विर सौजन्य : Khabarhub

साउन ३, बाजुरा । 
बाजुरामा आज (शुक्रबार) बिहान भएको जीप दुर्घटना परी २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिका–५ भुँका खोला नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।