बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
file photo

साउन ४, काठमाडौं । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् ।

शनिवार काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई  बनेपामा सम्बोधन गर्दै उनले भने “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताए । 

"प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ, खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई रोकेको छैन्", उनले भने, "जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि  चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ।"