१७ वर्षे युवकको कम्मरमा भटियो २ किलो सुन

१७ वर्षे युवकको कम्मरमा भटियो २ किलो सुन

साउन ५, काठमाडौं । 
प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट उपत्यका भित्रीन लागेको ट्रकबाट सुन दुईकिलो सुनसहित एक जना युवालाई नियन्त्रणमा लिएको छ । 

 महानगरीय प्रहरी वृत्त, थानकोटको प्रहरी टोलीले  भैरहवाबाट काठमाडौं आउदै गरेको ट्रकबाट उक्त सुन सहित  रसुवाका १७ वर्षीय भीमबहादुर तामाङलाई  नियन्त्रणमा लिएको छ।

थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए । कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको अवस्थामा फेला पारेको थापाले जानकारी दिए । 

थापाका अनुसार पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।