थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार

थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार

साउन ६, काठमाडौं । 
अध्ययनका लागि थाइल्यान्डको बैंकक पुगेर अलपत्र परेका १० जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ। 

बैंककस्थित नेपाली दूतावासले अलपत्र विद्यार्थीहरुको उद्धार गरेको हो। अलपत्र विद्यार्थीहरु काठमाडौं बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सलटेन्सीमार्फत बैंककको इन्टरनेसनल होटल एन्ड एअरलाइन्स बिजनेश स्कुलमा फुड एन्ड वेभरेज अध्ययनका लागि पुगेका थिए।

आफूहरुले सम्झौता अनुसार सेवासुविधा नभएको भन्दै दूतावासमा खबर गरेका थिए। दूतावासका अनुसार अलपत्र परेका १० मध्ये ३ जनालाई साउन १ गते र बाँकी ७ जनालाई साउन ३ गते उद्धार गरी नेपाल फर्काइएको छ।