गुल्मीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुग्यो

गुल्मीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुग्यो

साउन ७, गुल्मी । 
गुल्मीमा पहिरोमा पुरिएर हालसम्म ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । 

गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घर पहिरोले  पुरिदा ११ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो । 

पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय कम्बु बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, ७ वर्षिय शिवानी बिकको सब बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो । 

सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

वर्षातका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।