रसुवामा पहिरो खसेर सुमाे पुरिँदा २ जनाको मृत्यु, ७ घाइते

रसुवामा पहिरो खसेर सुमाे पुरिँदा २ जनाको मृत्यु, ७ घाइते

साउन ११,रसुवा  । 
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट पहिरो खस्दा काठमाडौंदेखि जाँदै गरेको ना. १ ज. ७८२४ नम्बरको टाटा सुमो गाडी पुरिएको छ । 

गाडीमा रहेका दुई जना यात्रुको पहिरोले पुरिएर मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ ।

गाडीमा ९ जना यात्रु रहेको रहेका थिए । मृतक र घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको प्रहरीले जनाएको छ ।