भ्याली इन्चार्ज पक्राउको विरोधमा विप्लवद्धारा बन्द आवह्वान

भ्याली इन्चार्ज पक्राउको विरोधमा विप्लवद्धारा बन्द आवह्वान
तस्विर सौजन्य : risingnepal (file photo)

साउन ११, काठमाडौं  । 
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्याली इन्चार्ज (माइला लामा) को तत्काल रिहाइको माग गरेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले पार्टीका उपत्यका व्यूरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालाई गिरफ्तार गरिएको प्रति  घोर भत्र्सना गर्दै उनको रिहाइको माग गरेका हुन् ।

विज्ञप्तिमा देश राजनीतिक संकटतिर झनझन् फस्दै गएको उल्लेख गर्दै भनिएको छ‘ हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नाङ्गिएको र संकटमा परेको छ ।’

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकार संकटमा परेपछि वार्ताको हल्ला गरेको आरोप लगाइएको छ ।विज्ञप्तिमा भनिएको छ,‘सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन, ।’

विप्लव नेतृत्वको नेकपाले जनप्रतिरोध र जनकारवाही, मसाल जुलुससहित बागमती, नारयणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) साउन १५ गते बन्द गर्ने घोषणा गरेको छ ।