कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

साउन १३, काठमाडौं  ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार अपराह्न सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र र्आशिकतर्फ गरी कूल ४ लाख २८ हजार ६७ जना परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार १६ हजार २ सय ४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यस्तै ३१ हजार परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् भने ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् ।

बोर्डले सार्वजनिक गरेको परीक्षाफल अनुसार सबैभन्दा धेरै ८६ हजार २ सय २७ जना परीक्षार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या ६२ हजार ६ सय १९ छ भने १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या १९ हजार छ । यस्तै, ०.८१ देखि १.२० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३ हजार ५ सय २४ छ भने सबैभन्दा कम स्तरको ०.००देखि ०.८० ल्याउनेको संख्या १३ हजार ३ सय ६२ छ ।

कक्षा १२ काे नतिजा  www.neb.gov.np ,  www.neb.ntc.net.np मा हेर्न सकिन्छ ।