साँखुमा भूमि व्यवस्था मन्त्री अर्याललाई कालो झन्डा

साँखुमा भूमि व्यवस्था मन्त्री अर्याललाई कालो झन्डा

साउन १३, काठमाडौं  ।
शंखरापुर नगरपालिका स्थित साँखुमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई   नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो झन्डा देखाएका छन्।

सोमबार सुबिधा युक्त मालपोत कार्यलय घोषणा कार्यक्रममा सहभागी हुन आएकी मन्त्रिमन्त्री अर्याललाई कालो झन्डा देखाइएको हो।सहिद आदर्श क्याम्पस स्व।बि।यु सभापति निराजन नेपाल, कान्तिपुर क्याम्पस स्व।बि।यु सभापति पावल बज्राचार्य र साखु गुठी समितिले  संयुक्त रुपमा कालो  झण्डा देखाएका हुन् । साँखु स्थित बैंक अफ काठमाडौंको कार्यालय नजिकै उनीहरुले कालो झण्डा देखाउदै गूठी बिधयक खारेज गर ,जग्गा कित्ताकाट बन्द गर ,भुमाफिया मुर्दाबाद लगायतको नारा लगाएको स्थानीयले बताए ।

कालो झण्डा देखाए  लगत्तै सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटेका थिए ।कालो झण्डा देखाउने संकेत पाउनासाथ प्रशासनले कडाई गरेका कारण मालपोत कार्यालयमा भएको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासी पछि मात्रै कार्यक्रमस्थलमा प्रवेश गर्न दिईएको थियो ।