मुग्लिनको आर्क ब्रिजमा गुड्न थाले गाडी

मुग्लिनको आर्क ब्रिजमा गुड्न थाले गाडी
file photo

साउन १५, काठमाडौं । 
पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन नारायणगढ सडक खण्डस्थित तनहुँ– चितवन जोड्ने आर्क ब्रिज सञ्चालनमा आएको छ।

आर्क ब्रिजको सम्पुर्ण निर्माण काम सकिए लगत्तै सोमबारबाट सञ्चालनमा भएको हो। आर्थिक वर्ष २०७०र७१ सालमा ठेक्का प्रक्रिया गरी निर्माण दिइएको काम जेठसम्म सम्पन्न हुने लक्ष्य राखिएको थियो।

तर जेठमा कालोपत्रे र पेन्टीङ्गको काम बाँकी भएपछि ब्रिज सञ्चालनमा आउन सकेको थिएन। मंगलबार खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलको प्रयोग गरिरहेका छन् । अबको दशैंपछि पुरानो पुललाई पनि मर्मत गरेर सञ्चालनका लागि योग्य बनाइने योजना रहेको सडक विभागले जनाएको छ ।

‘पोखराबाट आएका गाडीलाई नयाँ र मुग्लनबाट पारी पोखरातर्फ जाने गाडीलाई पुरानो पुल प्रयोग गराउने योजना छ,’ विभागका एक कर्मचारीले भने, ‘समस्या देखिए पनि त्यसलाई हल गरेर चलाउँदा अझै २० वर्षजति पुरानो पुलमा सवारी गुड्न सक्छ ।’

तत्कालै पुरानो पुलको मर्मत पनि अघि बढाउने विभागले बताएको छ ।