थानकोटबाट एक किलो सुनसहित १ जना मानिस पक्राउ

थानकोटबाट एक किलो सुनसहित  १ जना मानिस पक्राउ
file photo

साउन १६, काठमाडौं । 
प्रहरीले थानकोटबाट एक किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको सुन १ केजी सहित रसुवा गोसाईकुण्ड गाउँपालिका-५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.९ प २७२६  नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङले कालो टेपले बेरेर कम्मरको पेटीमा ४ वटा टुक्रामा एक किलो सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।