कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार
तस्विर सौजन्य : sabal post

साउन १६, बुटवल । 
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका एक नेतामाथि गोली प्रहार भएको छ ।

समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार गाउँपालिकाको वडा नं ३ सुसरीया पूल नजिक दिउँसो २ बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको लवनीबाड पकडीतर्फ जाँदै गरेका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् । नेता यादवको पाखुरामा गोली लागेको छ ।

गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले भने सामान्य रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ