भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ

भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ
भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ

साउन १७, बुटवल । 

सैनामैना नगरपालिका-१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
    
पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका-७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका-१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।