चोरीमा संलग्न ३ जना पक्राउ

चोरीमा संलग्न ३ जना पक्राउ

साउन १८, काठमाडौं ।
बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक डेरा गरी बस्ने झापा घर भएका जस्मिन गौतमको कोठाबाट बिहीबार चोरी भएको सुनका गहनासहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन विवेक चोक बस्ने गोरखा पालुङटारका २० वर्षीय बिक्कि सिंह ठकुरी, भारत मणिपुर घर भएका १६ वर्षीय बिकी भट्टराई  र ओखलढुङ्गा बल्खु घर भएका १९ वर्षीय अश्मिन राई रहेका छन् ।

उक्त चोरीको घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा चोरी भएको ३ तोला सुनका गरगहना सहित महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।