हिमानीले स्थापना गरिन दैवीप्रकोप उद्दार कोष

हिमानीले स्थापना गरिन दैवीप्रकोप उद्दार कोष

साउन १९, काठमाडौं ।
पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्। 

आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन्।

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन्। 

त्यस्तै पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरुको संग्रहबाट बिक्री भएको रकम पनि पीडितहरुलाई खर्च गरिने जनाइएको छ।