धरौटीमा छुटे वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति

धरौटीमा छुटे वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति
तस्विर सौजन्य : swasthyakhabar

साउन २१, काठमाडौं । 
घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई अदालतले  धरौटीमा छाड्न  आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले राजकुमार र  रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् ।

यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।

उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।