भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

साउन २२, एजेन्सी । 
भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।

एक्कासी बिरामी परेपिछ उनलाइ मंगलबार बिहान एम्स अस्पताल पुराइएकाे थियाे । ६७ वर्षीया  स्वराजकाे हृदयाघातका कारण  मंगलबार राती निधन भएको अस्पतालले जनाएकाे छ । 

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराज लामो समयदेखि बिरामी थिइन्।

अम्बाला छावनीमा जन्मेकी स्वराजले एसडी कलेजबाट स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट ‍कानूनको डिग्री लिएकी थिइन्।

उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्।